
बिद्रोही संगठन तालीबानको प्रमुख मुल्ला मंसुर मारिएको अमेरिकी दाबी
काठमाडौं,९ जेठ ।
अफगानिस्तानका तालिबान नेता मुल्ला अख्तर मंन्सूर अमेरिकी हवाई आक्रमणमा मारिएको आशंका गरिएको छ ।
अमेरिकी रक्षा मन्त्रालयका अनुसार पाकिस्तान र अफगानिस्तानको सीमामा अमेरिकी सेनाले गरेको हवाई आक्रमणमा उनी मारिएका हुन् । आक्रमणका लागि अमेरिकी राष्ट्रपति बराक ओबामाले नै अनुमति दिइएको बताइएको छ ।उनलाई पेन्टागन हमलाको एक योजनाकार भएको अमेरिकी ठम्याई छ ।
अफगानिस्तानका तालिबान नेता मुल्ला मोहमद उमर गत जुलाईमा मारिएपछि मुल्ला मन्सूरले तालिबानी नेताको कमाण्ड सम्हालेका हुन् । यद्यपि, तालिबानले भने यससम्बन्धमा कुनै प्रतिक्रिया दिएको छैन । (एजेन्सी)
