हावाहुरी र चट्याङले लमजुङमा एकको मृत्यु, एक घाइते
विमला अधिकारी, ४ जेठ ।
हावाहुरीका कारण रुख ढल्दा लमजुङमा मंगलबार एक जनाको मृत्यु भएको छ । म्ांगलबार दिउँसो अत्याधिक वर्षासँगै आएको हावाहुरीका कारण रुख ढलेर लाग्दा मध्यनेपाल नगरपालिका पराजुली बेसी बस्ने अन्दाजी ६०/६२ वर्षकी विन्दु माया मगरको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक शम्भु प्रसाद ढकालले बताए । मगरको बाख्रा चराएर घर फर्कने क्रममा चिलाउनेको रुख ढलेर लाग्दा बाटोमै मृत्यु भएको बताइएको छ ।
यसैगरी चट्याङका कारण लमजुङमा एक जना घाइते भएकी छिन् । मगंलबार दिउँसो ३ः२० बजेको समयमा परेको चट्याङका कारण चन्द्रेश्वर ६ निवासी अन्दाजी वर्ष ३३ की कमला न्यौपाने घाइते भएकी हुन् । घरमै बसिरहेको अवस्थामा चट्याङ लागि बाया खुट्टाको साप्रामा चोट लागेको ढकालले जानकारी दिए । उनको स्थानिय अस्पतालमा उपचार गरिएको र अहिले अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।