को हुन माओवादी विरुद्ध लगातार अदालत जाने अधिवक्ता ?

काठमाडौं, ४ जेठ ।
spotlight-dinesh-tripathi

टाउकोमा कालो भादगाउँले टोपी, हातमा कालो व्याग लिने र कालोकोट लगाएर हिंड्ने घोप्टे जुँगा भएका करिब ५ फिट उचाइका यी व्यक्ति हुन् दिनेश त्रिपाठी । पेशाले कानुन व्यवसायीको रहेका त्रिपाठी अधिवक्तामात्रै नभई माओवादीविरुद्ध निरन्तर अभियान चलाउने एक राजावादी वकिल पनि हुन् । बेलावेलामा चर्चामा आइरहन रुचाउने त्रिपाठी आफूलाई संविधानविद्कै रुपमा परिचय गराउदै हिंड्ने गर्दैछन् ।

माओवादी जनयुद्धको क्रममा माओवादी नेताहरुका टाउकोको मोल तोक्न उक्साउने त्रिपाठी अहिले माओवादी नेताहरुलाई जसरी हुन्छ मुद्धा लागएर जेल पठाउने अभियानमा लागिरहेका छन् । माओवादी र तत्कालिन सात दलबीच बाह्र बुँदे समझदारी भएदेखि नै त्यसविरुद्ध लागेका त्रिपाठी माओवादीहरुलाई नरसंहारै गर्नुपर्छ भन्ने मान्यता राख्दछन् ।
त्रिपाठीले माओवादीका विरुद्ध उठ्ने हरेक सवाल र मुद्धाहरुमा वहस गर्न अग्रसर रहादै आएका छन् । उनी एमाओवादी र एमालेबीच भएको जनयुद्धकालीन मुद्धा खारेज गर्ने प्रतिवद्धतासुहितको नौबुँदे सम्झौताको लगत्तै त्यसविरुद्ध सर्वोच्चमा रिट हालेका थिए । उत्त रिटलाई सर्वोच्च अदालतका प्रधानन्यायधिश शुशीला कार्कीको एकल इजलाशले खारेज गरिदिएपछि उनी पुनः एमाओवादी पुष्पकमल दाहाल प्रचण्डले अदालतको मानहानी गरेको भन्दै सर्वोच्च अदालतमा मुद्धा दायर गर्न पुगेका छन् । उनले प्रचण्डले अदालतलाई परिवर्तनको पक्षमा खडा हुन गरेको आग्रहलाई अदालतको मानहानी गरेको भन्दै कार्वाही गराउन मुद्धा दर्ता गरेका छन् । त्रिपाठी नेपालीकांग्रेसका एक जिम्मेवार कार्यकर्ता तथा भारतीय दुतावासका प्रिय वकिल पनि रहेको उनका सहपाठहिरु बताउँछन् .

त्रिपाठीले सोमबार अध्यक्ष प्रचण्डलाई विपक्षी बनाई दायर गरेको निवेदनमा शुक्रबार राजधानीको एक कार्यक्रममा अध्यक्ष दाहालले अदालतले शान्ति सम्झौता विपरीत काम गरेकोजस्ता अभिव्यक्तिले अदालतको मानहानि हुने भएको उल्लेख छ ।

निवेदनमा लोकतन्त्रमा स्वतन्त्र न्यायालयमाथि प्रहार गरी अदालतको मानहानि गर्ने पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई सर्वोच्च अदालत ऐन, २०४८ को दफा ७ अनुरुप एक बर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबानासहित कारबाहीको माग गरिएको छ ।

dinesh 1
त्रिपाठीले जनयुद्धमा नेपाली जनताले गरेको त्याग र वलिदानको जगमा आएको गणतन्त्र र संघियता समावेशीता र समानुपातिकताको निरन्तर विरोध गर्दै आइरहँदा ती शहीद र वेपत्ताको रगतको अपमान गरेको भन्दै उनीविरुद्ध जनस्तरबाट कार्वाही हुनुपर्ने वेपत्ता योद्धा परिवार धादिंगका अध्यक्ष टिका कँडेल बताउँछन् । उनका छोरा अमृत कँडेललाई अखिल क्रान्तिकारीमा आवद्ध भएकै आरोपमा राज्यद्धारा २०६० सालमा राजधानी काठमाडौंबाट वेपत्ता पारीएको थियो ।