
ऐश्वर्या-फेरि आमा बन्दै
गत शुक्रबार कान्स फिल्म फेस्टिभलमा लगातार १५औँ पटक रेड कार्पेटमा बलिउड अभिनेत्री रानी ऐश्वर्या देखिइन् ।
उनी त्यसमा सहभागी भएपछि उनका फोटाहरू अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् । उनको पेट ठूलो देखिएकाले अनुमान गरिएको छ, उनी गर्भवती छिन् ।
अधिकांशले टिप्पणी गरेका छन्, त्यो उनको बेबी बम्प हो । कुवेती डिजाइनर अली युनुसले बनाएको ड्रेसमा देखिएकी रानीले यो चर्चाबारे केही भनेकी छैनन् । सन् २००७ मा अभिषेक बच्चनसँग विवाह गरेकी रानीले पाँच वर्षअघि छोरी आराध्यालाई जन्म दिएकी थिइन् ।
