गठबन्धनको आन्दोलन अब बालुवाटार तिर
काठमाडौँ, ३ जेठ ।
दुई दिनसम्म सिंहदरबार घेराउ गरेको संघीय गठबन्धनले मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दिने भएको छ।
२९ दल सहभागी संघीय गठबन्धनको केहीबेर अगाडि बसेको बैठकले मंगलबार बालुवाटार घेर्ने निर्णय गरेको सद्भावना पार्टीका महासचिव मनिष सुमनले जानकारी दिए। संविधानका केही धाराप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा होमिएको गठबन्धनले आइतबार र सोमबार सिंहदरबार घेराउ गरेको थियो।
सरकारले आफ्ना माग पूरा नगरेसम्म आन्दोलनलाई निरन्तरता दिने बताएको गठबन्धनले मंगलबार बालुवाटार घेर्ने निर्णय गरेको हो।