यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
शरणार्थी बालबालिकालाई विद्यालयसम्म पुर्याउने वातावरण बनाउन नयाँ रणनीति. काठमाडौँ, ३ जेठ ।. बालबालिकाको पक्षमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था सेभ द चिल्ड्रेनले शरणार्थी बालबालिकालाई विद्यालयसम्म पुर्याउने वातावरण बनाउन नयाँ रणनीतिसहित सहकार्यका लागि अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेको छ ।. शरणार्थी बालबालिकाको पढ्न पाउने अधिकारको रक्षाका लागि अन्तर्राष्ट्रिय समुदायले थप एकीकृत प्रयास गर्नु पर्नेमा सेभ द चिल्ड्रेनले जोड दिएको छ । सेभ द चिल्ड्रेनले आफ्नो नयाँ प्रतिवेदन ए न्यु डिल फर रेफ्युजीमा कुनै पनि बालबालिका एक महिना भन्दा लामो समय विद्यालय बाहिर हुन नहुने उल्लेख गरेको छ ।. विश्वका धेरै देशमा अहिले जारी द्वन्द्वका कारण लाखौं मानिस विस्थापित भएको र त्यस क्रममा बालबालिकाको पढ्न पाउने अधिकार हनन भएको छ ।. संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगकी विशेष दूत हलिउड अभिनेत्री एन्जोलिना जोली–पिटले पनि शरणार्थी बालबालिकाको पक्षमा एकताबद्ध आग्रह गरेकी छन् ।. – एजेन्सीको सहयोगमा.
शरणार्थी बालबालिकालाई विद्यालयसम्म पुर्याउने वातावरण बनाउन नयाँ रणनीति
काठमाडौँ, ३ जेठ ।
बालबालिकाको पक्षमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था सेभ द चिल्ड्रेनले शरणार्थी बालबालिकालाई विद्यालयसम्म पुर्याउने वातावरण बनाउन नयाँ रणनीतिसहित सहकार्यका लागि अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेको छ ।
शरणार्थी बालबालिकाको पढ्न पाउने अधिकारको रक्षाका लागि अन्तर्राष्ट्रिय समुदायले थप एकीकृत प्रयास गर्नु पर्नेमा सेभ द चिल्ड्रेनले जोड दिएको छ । सेभ द चिल्ड्रेनले आफ्नो नयाँ प्रतिवेदन ए न्यु डिल फर रेफ्युजीमा कुनै पनि बालबालिका एक महिना भन्दा लामो समय विद्यालय बाहिर हुन नहुने उल्लेख गरेको छ ।
विश्वका धेरै देशमा अहिले जारी द्वन्द्वका कारण लाखौं मानिस विस्थापित भएको र त्यस क्रममा बालबालिकाको पढ्न पाउने अधिकार हनन भएको छ ।
संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगकी विशेष दूत हलिउड अभिनेत्री एन्जोलिना जोली–पिटले पनि शरणार्थी बालबालिकाको पक्षमा एकताबद्ध आग्रह गरेकी छन् ।
– एजेन्सीको सहयोगमा