संघीय गठबन्धनका कार्यकर्ताद्धारा बिद्यार्थीमाथि आक्रमण

काठमाडौँ,  ३  जेठ ।

माइतीघर मण्डलामा संघीय गठबन्धनका कार्यकर्ताहरुले कुटेर दुई जना विद्यार्थीहरुलाई घाइते बनाएका छन् । गठबन्धनका कार्यकर्ताहरुले भिजिलान्ते भन्दै अर्खाखाँचीका प्रकाश अधिकारी र रामप्रसाद पौडेललाई आक्रमण गरेका हुन् ।

पौडेलको आँखामा गम्भीर चोट लागेको छ । उनलाई अन्नपूर्ण न्यूरो अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ ।

यसैगरी अधिकारीको टाउको र शरिरका बिभिन्न भागमा चोट लागेको छ ।

सडक पेटीमा हिँडिरहेकाबेला एक्कासी आक्रमण भयो,’ अधिकारीले भने ।

गठबन्धनका कार्यकर्ताहरुले झण्डामा प्रयोग भएको लठ्ठी, हेलमेट, मुक्का र लात्ती प्रहार गरेको उनले बताए ।

तर, प्रदर्शनकारीहरुले भने उनीहरु दुबै प्रहरी भएको दाबी गरेका छन् ।