
बलिउड अभिनेता अमिताभ बच्चनलाई झट्का
काठमाडौं, ३० बैशाख ।
आयकरबारे १५ वर्ष पुरानो मुद्दाले बलिउड अभिनेता अमिताभ बच्चनलाई झट्का लागेको छ । बुधबार सर्वोच्च अदालतले आयकर विभागलाई अमिताभसँग सम्बन्धित मुद्दा फेरि चलाउन अनुमति दिएपछि यो झट्का लागेको हो । यो मुद्दामा मुम्बईको उच्च अदालतले उनलाई १५ वर्षपहिले राहत दिएको थियो ।
टिभी कार्यक्रम ‘कौन बनेगा करोडपति’बाट भएको आम्दानीको आवश्यक कर अमिताभले नबुझाएको आरोप लागेको थियो । अमिताभले १३ अक्टोबर २००२ मा बुझाएको रिपोर्ट र ३१ मार्चमा बुझाएको रिपोर्टमा अन्तर देखिएपछि यो मुद्दा लागेको थियो ।
पछिल्लोपटक बुझाएको रिपोर्टमा अमिताभले आयकरमा ३० प्रतिशत छुट पाएको बताएका थिए । उता, गत महिना सार्वजनिक भएको पानामा पेपर्समा पनि अमिताभको नाम आएको छ । यसले अमिताभलाई यो मुद्दामा पनि थप समस्या पार्न सक्ने विश्लेषण छ ।
