
नेपालको ६० हजार ६ सय ६२ हेक्टर भूमी भारतद्धारा अतिक्रमण
काठमाडौं,३० वैशाख ।
भारतीय पक्षबाट नेपाली भूमीमाथि भएको अतिक्रमण रोक्न नेपाली पक्ष सक्रियतापूर्वक लागेको परराष्ट्र मन्त्रालयले बताएको छ । परराष्ट्र मन्त्रालयको संयोजकत्वमा नापी विभाग सहितको प्राविधीक टोलीले कब्जा भएका भूमी फिर्ता गर्न पहल गरिरहेको मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले जानकारी दिए। सीमा अतिक्रमणको विषय अनुगमन गर्दा नेपाली पक्षले समेत केही भूमि फिर्ता गर्नुपर्ने देखिएको उनकोे भनाई छ ।
उनका अनुसार नेपाली प्राविधीक टोलीले भारतीय पक्षसँग छलफल गरी दुबैतर्फबाट संयुक्त रुपमा सीमा निर्धारणको काम गरिरहेको छ । पछिल्लो समय १ हजार १ सय सीमा स्तम्भ गायब हुँदा ७१ स्थानमा ६० हजार ६ सय ६२ हेक्टर भूमी भारतीय पक्षबाट अतिक्रमण भएको नापी विभागको तथ्याङ्क छ ।
