सरकारले आज पञ्चवर्षिय योजना सार्वजनिक गर्दै
काठमाडौं,३० वैशाख ।
सरकारले भुकम्पपछिको पुनस्निर्माणका लागी तयार पारिएको पञ्चवर्षिय योजना आज सार्वजनिक गर्दैछ । प्राधिकरणले पुननिर्माणका लागी तयार पारेको ५ बर्षे योजना अपरान्ह ५ बजे प्रधानमन्त्री केपी ओलीले सार्वजनिक गर्ने कार्यक्रम तय भएको हो । भूकम्प पछिको आवश्यकता पहिचानमा नसमेटिएका पुननिर्माणसम्वन्धी कार्यक्रमलाई पञ्चवर्षिय योजनामा समेटिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।
पुननिर्माणका लागी दातृ निकायबाट ४ खर्ब ४० अर्ब रुपैया सहयोगको प्रतिवद्धता आएपनि अहिलेसम्म १ खर्ब ५० अर्ब रुपैया सरकारलाई प्राप्त भएको छ । सरकारले पञ्चबर्षिय योजना सार्वजनिक गरेसंगै दाताहरुलाई यसअघि प्रतिद्धता जनाएको सहयोग दिन नैतिक दवाव पर्ने प्राधिकरणको बुझाई छ । भुकम्प गएको एक बर्ष बितिसक्दा पनि पुननिर्माणसम्बन्धी योजना नल्याएको भन्दै बिभिन्न क्षेत्रबाट प्राधिरकणको आलोचना भएको थियो । ५ बर्षको अवधी रहेको प्राधिकरणको म्याद थप एक बर्ष थप गर्न सकिने कानुनी व्यवस्था छ ।