यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
अमेरिकी गठबन्धन सेनाको आक्रमणमा आईएसका कमाण्डर मारिए. काठमाडौं,२८ वैशाख ।. अमेरिकी गठबन्धन सेनाको आक्रमणमा परि इस्लामिक अतिवादी संगठन आईएसका एक कमान्डरको मृत्यु भएको छ । इराकको अनबर प्रान्तमा आक्रमण हुँदा अबु वाहिव मारिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।. वाहिव अल कायदा इराकका पूर्व सदस्य पनि हुन् । उनी गत शुक्रबार अनबरमा भएको आक्रमणका क्रममा मारिएको पेन्टागनले जनाएको छ ।. वाहिब यसअघि पनि विभिन्न पटक मारिएको खबर आएको थियो, तर पछि उनी जिवितै रहेको प्रमाणित भएको थियो । वाहिबसँगै आक्रमणमा अरु तीन जना लडाकू पनि मारिएका थिए ।. इराकमा अमेरिकी गठबन्धन सेनाले सन् २०१४ देखि नै कारबाही थालेको हो । अबु वाहिव मारिएपछि आइएसलाई भने केही धक्का लागेको अनुमान गरिएको छ ।. यद्यपी यसबारे आईएसले कुनै प्रतिक्रिया दिएको छैन । इराकमा उनकै नेतृत्वमा आइएसले आतंकवादी गतिबिधी गर्दै आएको बताईएको छ ।.
अमेरिकी गठबन्धन सेनाको आक्रमणमा आईएसका कमाण्डर मारिए
काठमाडौं,२८ वैशाख ।

अमेरिकी गठबन्धन सेनाको आक्रमणमा परि इस्लामिक अतिवादी संगठन आईएसका एक कमान्डरको मृत्यु भएको छ ।
इराकको अनबर प्रान्तमा आक्रमण हुँदा अबु वाहिव मारिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।
वाहिव अल कायदा इराकका पूर्व सदस्य पनि हुन् । उनी गत शुक्रबार अनबरमा भएको आक्रमणका क्रममा मारिएको पेन्टागनले जनाएको छ ।
वाहिब यसअघि पनि विभिन्न पटक मारिएको खबर आएको थियो, तर पछि उनी जिवितै रहेको प्रमाणित भएको थियो । वाहिबसँगै आक्रमणमा अरु तीन जना लडाकू पनि मारिएका थिए ।
इराकमा अमेरिकी गठबन्धन सेनाले सन् २०१४ देखि नै कारबाही थालेको हो । अबु वाहिव मारिएपछि आइएसलाई भने केही धक्का लागेको अनुमान गरिएको छ ।
यद्यपी यसबारे आईएसले कुनै प्रतिक्रिया दिएको छैन । इराकमा उनकै नेतृत्वमा आइएसले आतंकवादी गतिबिधी गर्दै आएको बताईएको छ ।