
अफगानिस्तानमा तालिवानका ६ लडाकुलाई मृत्युदण्ड
काठमाडौं,२७ वैशाख ।
अफगानिस्तानमा तालिवानका ६ लडाकुलाई मृत्युदण्ड दिइएको छ । सन् २०१४ मा अशरफ घनी सत्तामा आएपछि पहिलो पटक विद्रोही तालिवानका लडाकुलाई सरकारले मृत्युदण्ड दिएको हो ।
राष्ट्रपति कार्यालयका अनुसार आम नागरिक र सार्वजनिक सुरक्षाविरुद्ध गम्भीर अपराध गरेका कारण ती ६ लडाकुलाई मृत्युदण्ड दिइएको हो ।
पछिल्लो समय राष्ट्रपति घनीले तालिवानविरुद्ध कानुन बमोजिम कारवाही गरिने प्रतिबद्धता जनाएका छन् । अघिल्लो महिना काबुलमा भएको हमलामा ६४ जनाको मृत्यु भएपछि राष्ट्रपति घनीले तालिवानलाई कडा जवाफ दिने प्रतिबद्धता जनाएका थिए । (एजेन्सी)
