
उत्तर कोरियाली कम्यूनिष्ट पार्टीको राष्ट्रिय सम्मेलन सुरु
काठमाडौंं, २४ वैशाख ।
उत्तर कोरीयामा सत्तारुढ कोरियन वर्कर्स् पार्टीको सम्मेलन सुरु भएको छ । वर्कस पार्टीको सम्मेलन ३७ वर्षपछि राजधानी प्योङ्गयाङ्गमा सुरु भएको हो ।
राष्ट्रलाई आर्थिक रुपमा सम्पन्न र आणविक कार्यक्रमलाई थप सशक्त बनाउने नीति तय गर्न सम्मेलन आयोजना गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुर्लभ सम्मेलनमा हजारौँ प्रतिनिधी सहभागी छन् ।
वर्तमान नेता किम जोन उन पछि राष्ट्रको नेतृत्व गर्ने व्यक्ति पनि चयन गर्ने संभावना रहेको बीबीसीले उल्लेख गरेको छ । सम्मेलनबाट नेता किमले आर्थिक रुपमा सम्पन्न र आणविक कार्यक्रममा सशक्त बनाउने बोङयान नीति पारित गर्ने तयारी छ । यसअघि सन् १९८० मा सम्मेलन भएको थियो ।
