आज मातातीर्थ अथवा आमाको मुख हेर्ने दिन

mata

काठमाडौंं,२४ वैशाख ।

आज मातातीर्थ अथवा आमाको मुख हेर्ने दिन । आजको दिनमा छोराछोरीले आमालाई मिठा परिकार र विभिन्न उपहार दिएर सम्मान गर्ने गरिन्छ । त्यस्तै बिहे गरेको छोरीहरु कोशेली बोकेर माइतबाट जाने गर्छन् ।

आमा नभएकाहरु भने आमाको नाममा पीण्ड, तर्पण र सिदादान गर्नका लागि मातातीर्थ जाने गर्छन् । त्यहाँ वर्षेनी आमाको सम्झनामा श्राद्ध र पूजा गर्नेहरुको भीड लाग्ने गर्छ ।

त्यहाँ रहेको मातातीर्थ कुण्डमा स्नान गर्नाले दिवंगत आत्मा प्रसन्न भइ आर्शिवाद दिने र छोराछोरीलाई सुख, खुसी र सम्पन्नता मिल्ने विश्वास गरिन्छ ।