
बाजी मार्दै,बागी
काठमाडौँ , २० बैशाख ।
बलिवुडको गत सुक्रबार रिलिज भएको फिल्म बागीले रिलिजको पहिलो ३ दिनमा ३६ करोड भारतीय रुपैयाको व्यापार गरेको छ । फिल्म विश्लेषकहरुले त्यति राम्रो नमानेको फिल्म बागीले बक्स अफिसमा भने बाजी मारेको बताइएको छ ।
टाइगर सराफ र श्रद्धा कपुरको अभिनय रहेको बागीले राम्रो व्यापार गरेपछि फिल्म समिक्षकहरु अचम्ममा परेका छन् । सुरुको ३ दिनको व्यापार हेर्दा फिल्मले हप्ता भरि नै राम्रो व्यापार गर्न सकने भारतीय संचार मध्यमले बताएका छन् । फिल्मलाई हिरोपन्तिका निर्देशक सबिर खानले निर्देशन गरेका हुन् ।
