यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
ओेबामा दम्पतिसंग बलिउड अभिनेत्री प्रियंका. काठमाडौँ, १९ वैशाख ।. भारत भ्रमणमा आउँदा अमेरिकाका राष्ट्रपति बाराक ओबामाले बलिउड नायक साहरुख खानको नाम लिदै उनले चलचित्रमा बोलेको संवाद बोलेका थिए । साहरुख, म्यारी कोम, मिल्खा सिंह जस्ता व्यक्तिमाथि गर्व गर्नुपर्ने ओबामाको भनाई थियो ।. उनै, ओबामाको लिस्टमा अब अर्की बलिउड नायिका पनि परेकी छिन् । हलिउड यात्रामा दौडिएकी नायिका प्रियंका चोपडा ओबामाले आयोजना गरेको डिनर पार्टीमा सहभागी भएकी छिन् । ह्वाइट हाउसमा आयोजित डिनर पार्टीमा प्रियंका उपस्थित भइन् । उनले ओबामा र पत्नीको साथमा डिनर गरिन् र तस्बिर पनि खिचाइन् । ओबामाको यो अन्तिम ह्वाइट हाउस डिनर हो । हरेक बर्ष अमेरिकाका राष्ट्रपतिले यो रात्री भोजको आयोजना गर्दै आएका छन् ।. यो रात्री भोजमा हलिउडका चर्चित सेलिब्रेटी पनि उपस्थित थिए । हलिउड गायिका, टेलिभिजनमा सुखद यात्रा गर्दै प्रियंकाले चलचित्रसम्म खेलिसकेकी छिन् । जसकाकारण उनको चर्चा अहिले बलिउडसँगै हलिउडमा पनि खुबै छ ।.
ओेबामा दम्पतिसंग बलिउड अभिनेत्री प्रियंका

काठमाडौँ, १९ वैशाख ।
भारत भ्रमणमा आउँदा अमेरिकाका राष्ट्रपति बाराक ओबामाले बलिउड नायक साहरुख खानको नाम लिदै उनले चलचित्रमा बोलेको संवाद बोलेका थिए । साहरुख, म्यारी कोम, मिल्खा सिंह जस्ता व्यक्तिमाथि गर्व गर्नुपर्ने ओबामाको भनाई थियो ।
उनै, ओबामाको लिस्टमा अब अर्की बलिउड नायिका पनि परेकी छिन् । हलिउड यात्रामा दौडिएकी नायिका प्रियंका चोपडा ओबामाले आयोजना गरेको डिनर पार्टीमा सहभागी भएकी छिन् ।
ह्वाइट हाउसमा आयोजित डिनर पार्टीमा प्रियंका उपस्थित भइन् । उनले ओबामा र पत्नीको साथमा डिनर गरिन् र तस्बिर पनि खिचाइन् । ओबामाको यो अन्तिम ह्वाइट हाउस डिनर हो । हरेक बर्ष अमेरिकाका राष्ट्रपतिले यो रात्री भोजको आयोजना गर्दै आएका छन् ।
यो रात्री भोजमा हलिउडका चर्चित सेलिब्रेटी पनि उपस्थित थिए । हलिउड गायिका, टेलिभिजनमा सुखद यात्रा गर्दै प्रियंकाले चलचित्रसम्म खेलिसकेकी छिन् । जसकाकारण उनको चर्चा अहिले बलिउडसँगै हलिउडमा पनि खुबै छ ।