सिरियामा संघर्षरत पक्षसँग युद्ध विरामको पालना गर्न ओबामाको अपिल
काठमाडौ, १४ बैशाख ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियामा संघर्षरत पक्षसँग युद्ध विरामको पालना गर्न अपिल गरेका छन ।
जर्मनीको हनोफरमा अमेरिकी राष्ट्रपति ओबामा तथा बेलायत, फ्रान्स, जर्मनी तथा इटालीका नेताबिच भएको भेटवार्तापछि ओबामासहित ती देशकबा नेताले यस्तो अपिल गरेका हुन् ।
सिरियामा अहिले अल्पकालिन युद्ध विराम लागु भएको छ । तर सरकारी तथा विपक्षी दुवै पक्षले हिंसात्मक आक्रमण रोकेका छैनन् ।
