अख्तियारको फन्दामा परेका कनकमणीलाई भेटे पूर्व राष्ट्रपतिले
काठमाडौ, १४ बैशाख ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी बीर अस्पतालमा उपचार गराईरहेका पत्रकार कनकमणी दिक्षीतलाई पूर्वराष्ट्रपति रामवरण यादवले भेटेका छन ।
नियमीत स्वास्थ्य जाँच गराउन अस्पताल पुगेका पूर्वराष्ट्रपति यादवले दिक्षितसँग भेट गरेका हुन । उनले दिक्षीतसँग करिब २० मिनेट कुराकानी गरेका थिए ।
