संसदको बर्खे अधिवेसन बैशाखको अन्तिम साता बोलाइने
काठमाडौ, १३ बैशाख ।
संसदको बर्खे अधिवेसन बैशाखको अन्तिम साता बोलाइने भएको छ ।
बैशाख २५ गते संसद अधिवेसन बोलाउने गरि संसद सचिवालयले तयारी सुरु गरेको छ । आज संसदको अधिवेसन बोलाउने विषयमा दलका प्रमुख सचेतकसँग सभामुख ओनसरी घर्तीले अनौपचारीक छलफल गर्दैछिन ।
संविधान अनुसार जेठ १५ गतेभित्र बजेट ल्याउनुपर्ने हुँदा चाँडोभन्दा चाँडो संसद् अधिवेशन डाक्ने तयारी गरिरहेको सभामुखको सचिवालयले जनाएको छ । सरकारले जेठ १५ गते बजेट ल्याउने गरि बजेटका विषय बस्तुमा पनि छलफल सुरु गरिसकेको छ । अधिवेसनमा बजेट अगाडी प्री बजेटका विषयमा समेत छलफल गर्ने तयारी छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसद बैठक बोलाउन माग गर्दै आएको छ ।