फेसबुकले आफ्नो न्यूज फिडमा परिवर्तन गर्ने
यो परिवर्तन खासै ठूलो नभए पनि प्रयोगकर्ताको लागि निकै उपयोगी हुने जनाइएको छ।
यस परिवर्तनमा लाइक गरिएका पेजबाट लगातार पोस्ट वालमा अाउने छैनन्।
साथै कुनै प्रयोगकर्ताले न्यूज फिडबाट कुनै पोस्ट कति पढ्छन् भन्ने विषयमा पनि ध्यान राख्ने जनाइएको छ।
प्रयोगकर्ताको इच्छा अनुरुप उनीहरुको न्यूज फिडमा कन्टेन्ट दिइने कम्पनीले दावी गरेको छ।
