भूकम्पमा परी दिवङ्गत भएका नेपालीहरुप्रति प्रधानमन्त्रीले गरे श्रद्धाञ्जलि

काठमाडौं,१२ वैशाख ।

1461470109bhukampama-pm (1)

गत वर्ष वैशाख १२ गतेको विनासकारी भूकम्पमा परी दिवङ्गत भएका नेपालीहरुप्रति आज  श्रद्धाञ्जलि गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प गएको एक वर्ष पूरा भएको सम्झनामा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जलि अर्पण गरे ।

प्रधानमन्त्री ओलीले आज बिहान सुन्धारास्थित धरहरा पुगी दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरेर धरहराको फेदमा दिवङ्गतलाई सम्झेर पुष्पगुच्छा अर्पण गरे ।

सो अवसरमा उपप्रधानमन्त्री, गृहमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी र विभिन्न सङघसंस्थाका पदाधिकारी र पर्यटन व्यवसायीले पनि भूकम्पमा परी मृत्यवरण गर्नु भएका नेपालीहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरे  । यसअघि पर्यटन व्यवसायी र्‍यालीसहित श्रद्धाञ्जलिस्थल पुगेका थिए ।

आजकै दिन गत वर्ष ११ बजेर ५६ मिनेट जाँदा ७।६ रेक्टर स्केलको भूकम्प र पराकम्प गरी करिब नौ हजार नेपालीको ज्यान गएको थियो । त्यसैलाई सम्झेर सरकारले सम्पूण दिगङ्गत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जति सभाको आयोजना गरेको हो । रासस