‘म माओवादी एकताको बिरोधी होइन’ बैद्य
कपिलवस्तु, ११ बैसाख
नेकपा क्रान्तिकारी माओवादी का अध्यक्ष मोहन बैद्यले आफू सिद्धान्तत माओवादी एकताको विरोधी नरहेको स्पष्ट पारेका छन् । एमाओवादीसँगको एकतामा बैद्यले अवरोध गरेको प्रचार भइरहेका बेला बैद्यले आफू सैद्धान्तिक रुपले माओवादी धाराहरुको उकता हुनुपर्ने प्षमा नै रहेको बताएका हुन् ।
आफ्ना ससुरा एवं माओवादी सल्लाहाकार खुवीराम आचार्यको श्रद्धाञ्जली कार्यक्रममा कपिलबस्तु पुगेका बैद्यले माओवादीबीच एकता आवश्यक रहेको बताएका हुन् ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विशेष अतिथि र आफु प्रमुख अतिथि भएको कार्यक्रममा बैद्यले आफु एकता विरोधी नभएको तर सैद्धान्तिक कुरा नमिलेसम्म एकताको अर्थ नहुँने बताएका थिए । ‘म माओवादी एकताको बिरोधी होइन’ बैद्यले भने ‘सिद्धान्तनिष्ट एकताले मात्र पार्टी पुर्नगठित हुन्छ ।’ उनले अहिलेको आवश्यकता क्रान्तिकारीहरु फुटेर होइन जुटेर जानु पर्ने बेला भएको बताए ।
एमाओवादी अध्यक्षले आफू माओवादी क्रान्तिकारी धारलाई एकतावद्ध पार्ने अभियानमा लागेको बताउँदै बैद्यलाई पनि एकतामा आउन ढिला नगर्न आग्रह गरेपछि बैद्यको त्यस्तो जवाफ आएको थियो ।