छोटु ग्यांगले हतियार बुझायो, २४ प्रहरी पनि रिहा

पाकिस्तान, ८ बैसाख /
pakistaniपाकिस्तानमा शसस्त्र गतिविधि गर्दै आएको छोटु ग्यांगले आफूले कब्जा गरेका २४ पहरीलाई रिहा गर्दे हतियार बुझाएको छ । पाकिस्तानी अधिकारीहरुले विविसीलाई दिएको जानकारी अनुसार ग्यांगका केही सदस्यसहित आएर हतियार बझाई प्रहरीलार्य रिहा गरेका हुन् । पाकिस्तानी सेनाले उक्त समुहविरुद्ध अन्तिम कार्वाही गर्ने चेतावनी दिएपछि उनीहरुले प्रहरीलाई रिहा गर्न बाध्य भएको जनाइएको छ । बुधबार विहानै उनीहरुलाई रिहा गरिएको हो ।

केही दिन अघि उक्त समुहले प्रहरीमाथि आक्रमण गरी प्रहरीको हतियार खोस्नुका साथै २४ जना प्रहरीलाई कव्जा गरेर लगेको थियो । रिहा गरिएका प्रहरीहरु सेनाको मातहतमा राखीएको पनि समाचारमा जनाइएको छ । तर उक्त समुहको नाइके गुलाम रसूल उर्फ छाटेले हतियार बुझाएको वा नबुझाएको भन्ने बारे पुष्टि हुन सकेको छैन ।
प्रहरीलाई अपहरण गरेर लगेपछि छोटु समुहले विभिन्न भुभागबाट फिरौती माग गरीरहेको थियो तर पाकिस्तानी सेनाले उनीहरुविरुद्ध केही हप्तादेखि जवाफी कार्वाहीको रणनीति अख्तियार गरेको थियो ।
सिनध नदीको एक टापुमा आधार इलाका बनाएर क्रियाशील उक्त समुहविरुद्ध पाकिस्तानी सेनाले हेलिकोप्टर समेत प्रयोग गरी कार्वाही संचालन गरेको थियो । उक्त समुह आतंकबादी हो वा होइन भन्ने बारे कुनै आधिकारीक धारणा बाहिर नल्याइएको भएता पनि उसको विरुद्ध सेना पुरै तयारी साथ भिडिरहेको थियो । यस कार्वाहीका दौरानमा सो समुहले ७ जना प्रहरीको हत्या गरेका थिए भने २४ जनालाई बन्धक बनाएका थिए ।

छोटु एक सामान्य किसानको छोरो हो जसले कास्मीरमा एक ड्राइभरको काम गरेको थियो । उसलाई पुलिसले झुट्टा आरोपमा फसाएको बदला लिन शशस्त्र समुह बनाएर प्रहरीविरुद्ध गतिविधि संचालन गरिरहेको थियो ।