कांग्रेस नेताको सत्ता मोह

काठमाडौं,८ वैशाख

balkrishna

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद बालकृष्ण खाँणले लामो समयसम्म नेपाली कांग्रेस प्रतिपक्षमा बस्नु राष्ट्रको हितमा नहुने बताएका छन्।
नेपाली कांग्रेस रुपन्देहीको तिलोत्तमा नगरपालिका वडानम्वर ७ ले नयाँ वर्षको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बौल्दै खाँणले यस्तो बताएका हुन् । संसदको सबैभन्दा ठूलो पार्टी प्रतिपक्षमा बसेर सरकारले गरेका काम कारबाहीको समर्थन र बिरोध गर्ने कामले कांग्रेसको भुमिका पुरा नहुने उनको भनाई छ । नेता खाणले जनताले दिएको जनमतको सम्मानको लागि पनि सत्तामा कांग्रेसको नेतृत्व आवश्यक रहेको बताए।
अहिलेको सरकार अप्राकृतिक गठबन्धनबाट बनेको भन्दै कांग्रेस नेता खाँणले यस्तो सरकारले देशलाई निकास दिन नसक्ने दाबी गरे।
संघीयता विरोधी र राजसंस्था पक्षधर दलका व्यक्ति सरकारका मन्त्री भएको भन्दै यस्तो सरकारले संविधानको कार्यान्वयन र देशको भलो गर्न नसक्ने बताए।