चितवनमा कालोबजारी गर्ने पेट्रोलपम्प कारबाहीमा
अनुगमनका क्रममा भरतपुरमा रहेको अवतार पेट्रोल पम्पले उपभोक्तालाई भने सकियो भनेर लुकाइराखेको २२७ लिटर पेट्रोल बरामद गरेको चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।
उनका अनुसार लुकाएको पाइएपछि पम्पका म्यानेजर अजय पावेलाई पक्राउ गरिएको र कालोबजारीअन्तर्गत कारबाही सुरु भएको छ ।
यस्तै, अर्काे शुभम् पेट्रोल पम्पले पनि ड्रममा ७५ लिटर पेट्रोल लुकाएको भेटिएपछि सञ्चालक एकजनालाई नियन्त्रणमा लिएर कारबाही थालिएको कुँवरले बताए ।
जिल्लामा अझै पेट्रोल पर्याप्त नहुँदा घन्टौँ लाइनमा बसेर पनि उपभोक्ता तेल नै हाल्न नपाई फर्कने गरेका छ । जिल्लामा डिजेल भने सहजरुपमा पाइएको प्रहरीले जनाएको छ । जिल्लाको मागभन्दा बढी पेट्रोल आउँदा पनि सहज नभएको भन्दै प्रशासनले अनुगमन गर्न थालेको हो । मोटर र गाडीमा तेल हालेर कालोबजारी गर्ने गिरोह सक्रिय भएको स्थानीयले बताएका छन् ।
रासस