कुलेखानी आयोजनाको पाँचौ पटक म्याद थप्ने गृह कार्य
काठमाडौं, ७ बैशाख ।
स्वदेशी लगानीमा निर्माणाधिन कुलेखानी तेस्रो जलविद्युत आयोजना वैशाखको पहिलो सातामा पनि सम्पन्न नहुने भएपछि पाँचौ पटक म्याद थप्ने गृह कार्य भइरहेको छ । पछिल्लो पटक वैशाख ६ गतेसम्म निर्माण सम्पन्न गर्ने गरि विद्युत प्राधिकरणले चौथो पटक म्याद थप गरेको थियो । चौथो पटक थपिएको अवधिमा पनि काम नसकेपछि परामर्शदाताको सुझाव अनुसार आयोजनाले पाचौ पटक ८ महिना म्याद थप गर्न प्राधिकरण समक्ष आग्रह गरेको छ । परामर्शदाताले आगामी डिसेम्वरसम्मका लागि म्याद थप गर्न सिफारिस गरेको आयोजना प्रमुख शुभाषकुमार मिश्रले बताए ।