राप्रपा नेपाल सहायक मन्त्री विष्टलाई हटाउन उद्धत
काठमाडौं,६ वैशाख
राप्रपा नेपालले संघीय मामिला तथा स्थानिय विकास सहायक मन्त्री बिराज बहादुर बिष्टलाई हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्राचार गरेको छ ।
पार्टीको कार्य सम्पादन समितिको बैठकले पदीय मर्यादा विपरीत पार्टीको बृहत्तर हित र एकतामा आघात पुग्ने गतिविधिमा संलग्न भएको भन्दै विष्टलाई फिर्ता बोलाउन पत्राचार गरेको राप्रपा नेपालका सहायक प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
