टेलिकम महाप्रबन्धक पहाडीलाई भ्रष्टाचार मुद्वा

मूलखबर संवाददाता
काठमाडौं

अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले नेपाल टेलिकमकी महाप्रबन्धक संगिता पहाडीविरूद्व भ्रष्टाचार मुद्वा दर्ता गरेको छ ।

पूर्वमुख्यसचिव बैकुण्ठ अर्याल, नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीलगायतलाई भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

टेलिकमको बिलिङ ठेक्कासम्बन्धी प्रकरणमा अख्तियारले विशेष अदालतमा उनीहरूमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो । स्रोतका अनुसार उक्त मुद्दामा १८ जनालाई प्रतिवादी बनाइएको छ ।

प्रतिवादीहरूको नाम तथा बिगोबारे विस्तृत विवरण आउन बाँकी छ ।