
इक्वेडरमा भूकम्पमा परी ७७ जनाको मृत्यु भएको पुष्टि (अपडेट)
इक्वेडरमा आज गएको शक्तिशाली भूकम्पमा परी अहिलेसम्म ७७ जनाको मृत्युको पुष्टि भैसकेको छ । ५ सय बढी घाईते भएका छन् ।
इक्वेडरको राजधानी क्योटोबाट १ सय ६० किलोमिटर टाढा पर्ने म्युसिनी शहरलाई केन्द्रबिन्दु बनाएर ७.८ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पपछि अहिलेसम्म ५५ भन्दा बढी धक्का महसुस भैसकेका छन् ।भूकम्पपछि त्यहाँ सुनामीको चेतावनी दिईएको छ भने ६ प्रान्तमा संकटकाल घोषणा गरिएको छ । उद्धारकार्य जारी छ । क्षतिको थप विवरण आउने क्रम पनि जारी रहेको छ ।
