नेपालको संबिधान विश्वकै उत्कृष्ट भन्दै सगरमाथामा पुर्याईने

काठमाडौं, बैशाख ५ ।nebi-sangh1

नेपाल विद्यार्थी संघले संगठनको झण्डा, नेपालको राष्ट्रिय झण्डा र संविधानसभाले जारी गरेको नेपालको संविधान विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्‍याउने भएको छ ।

आफ्नो ४६ औं जन्मजयन्तीको अवसरमा संघले झापाको धुलाबारी क्याम्पसका विद्यार्थी आरोही अनिष लुइटेलले नेवि संघ र नेपालको झण्डासहित नयाँ संविधान सगरमाथाको चुचुरोमा पुर्‍याउने जानकारी दिएको छ । उनले पर्सिबाट सगरमाथाको आरोहण सुरु गर्दैछन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमा नेवि संघका अध्यक्ष रञ्जित कर्णले ति सामग्रीहरु आरोही लुइटेललाई हस्तान्तरण गरे ।

कर्णले नेपालको संविधान संसारकै उत्कृष्ट भएकोले विश्वकै सर्वोच्च शिखरमा पुर्‍याएर सकारात्मक सन्देश दिन लागिएको भन्दै लुइटेललाई आरोहणको सफलताको शुभकामना दिए ।