
इक्वेडरमा ७ दशमलव ८ म्याग्निच्यूटको भूकम्प, ४१ जनाको मृत्यु
काठमाडौं, बैशाख ५ ।
ल्याटिन अमेरिकी मुलुक इक्वेडरमा ७ दशमलव ८ म्याग्निच्यूटको भूकम्प गएको छ । भूकम्पमा परी ४१ जनाको मृत्यु भएको इक्वेडरका सरकारी अधिकारीहरुले जनाएका छन् ।
राजधानी क्योटोबाट १ सय ६० किलोमिटर परको म्युसिनी शहर केन्द्रबिन्दू भएर गएको भूकम्प १९ किलोमिटर गहिराईमा मापन गरिएको छ ।
भूकम्पले राजधानी क्योटोमा ठूलो धक्का महशुस गरिएकाले क्षतिको मात्रा बढ्ने अनुमान गरिएको छ ।
६ वटा प्रदेशमा आपतकालीन अवस्थाको घोषणा गरिएको छ । भूकम्पका कारण घरहरुमा क्षति पुगेको जनाइए पनि क्षतिको थप विवरण आइसकेको छैन ।
भूकम्पका कारण सुनामी आउने खतरा रहेको भन्दै सजग रहन त्यहाँका बासिन्दालाई सचेत तुल्याइएको छ । (एजेन्सी)
