सलमान पूर्वप्रेमिकासंग
काठमाडौं,३ वैशाख ।
५० वर्षको उमेरसम्म अविवाहित रहेका सलमान खानको नाम साथी कलाकाहरुसँग जोडिन छोडेको छैन । यसपटक भने उनको नाम पूर्वप्रेमिकासँग जोडिएर समाचारमा आएको छ ।
रणवीर कपुरसँग सम्बन्ध बिग्रिएपछि अहिले कट्रिना कैफ सलमानसँग नजिक भइरहेका बेला यी दुईले सँगै फिल्म खेल्ने भएको समाचार आएको छ । साजिद नाडियाडवालाले बनाउने एक दक्षिण भारतीय फिल्मको रिमेकमा कट्रिना सलमानकी पूर्वप्रेमिकाको भूमिकामा नै देखिन लागेको बताइएको छ ।
सलमान र कट्रिनाले पछिल्लोपटक ‘एक था टाइगर’मा सँगै अभिनय गरेका थिए ।