
संविधान विरोधी शक्तिलाई परास्त गरीछाड्ने-प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विरोधी शक्तिलाई परास्त गरीछाड्ने बताएका छन् ।
बालुवाटारमा युवासंघ नेपालको ज्ञापनपत्र बुझ्दै उनले नयाँ संविधान गतिशील दस्तावेज भएकाले यसको अपमान सैह्य नहुने बताए ।
आपसी संवादको माध्यमबाट कतिपय चित्त नबुझेका विषयमा सहमती खोज्न सकिने उनको भनाई थियो ।
प्रधानमन्त्री ओलीले पुनर्निर्माण अभियानलाई तिब्र बनाउन युवाहरुलाई परिचालन गरिने पनि बताए ।
युवासंघ नेपालले बदलिँदो राष्ट्रिय कार्यभारलाई सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको हो ।
