मोबाइल डाटा जोगाउन यसो गर्नुस्

एजेन्सी:whats-up अहिले विश्वभर ब्रोडब्याण्ड क्रान्तिको चर्चा चलिरहेको छ। तर, यही चर्चाबीच हामीले प्रयोग गर्ने डाटाबारे आफैंले सुइँको समेत पाउँदैनौं । आफ्नो स्मार्टफोन वा ट्याबलेटमा कति डाटाको प्रयोग गरिरहेका छौँ भन्ने हामीलाई याद नै हुन्न।
साँचो कुरा के हो भने यदि तपाईँले आफ्नो मोबाइल या ट्याब्लेटको अवस्था राम्रोसँग बुझ्नुभयो भने डाटा निकै कम देखिनन्छ। यदि तपाईँले यी सफ्ट्वेयरको प्रयोग गर्नुभयो भने आफ्नो मोबाइलको डाटा धेरै जोगाउन सक्नुहुनेछ ।
डाटा कम खपत गर्ने यी उपायहरु

१. तपाईँले आफ्नो मोबाइलमा रहेका डाटा कम खतप गरि सुरक्षित राख्न डाटा स्टेटस नामक एप प्रयोग गर्नुपर्ने हुन्छ। जून एप तपाईँ गुगल प्ले स्टोरमा पाउन सक्नुहुनेछ। यो एपमा आफ्नो नाम बनाएर डाउनलोड गर्नुस् ।जसले तपाईँको मोबाइल डाटालाई ठम्याउन मद्दत गर्नेछ। साथै प्ले स्टोरबाट तपाईँलाई प्रत्येक मिनेटमा सूचना प्रदान गर्नेछ।

२. यो एपले प्ले स्टोर सेट गर्ने समयमा आफ्नो बिलिङ साइकलबारे तपाईँले जानकारी दिनुपर्ने हुन्छ। एक पटक यो जानकारी दिइसकेकपछि इन्टरनेट डाटा प्रयोगमा प्रत्येक मिनेट निगरानी राख्न सक्नुहुनेछ। यसका साथै एक स्टाटसले तपाईँलाई पूरै एक महिनाको जानकारी उपलब्ध हुनेछ।

३. यो एपको अर्को पनि फाइदा छ। यसको सहयोगमा धेरै प्रकारका डाटामाथि समेत निगरानी गर्न सक्नुहुन्छ।बायातर्फ स्वाईप गर्नेबित्तिकै आउँदो दिनकोबारेमा समेत जानकारी पाउन सक्नुहुन्छ।तर तपाईँले डाटा धेरै प्रयोग गरेको हुनुपर्छ।

४.यतिमात्रै नभएर तपाईँलाई यो एपले धेरै ठाउँबाट विभिन्न प्रकार जानकारीसमेत उपलब्ध गराउने छ।