प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौै, ३० चैेत ।kp oli

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयबाट आज साँझ ५ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

संबोधनको क्रममा प्रधानमन्त्री ओलीले आफ्नो चीन र भारत भ्रमणमा भएका उपलब्धी , आफ्नो नेतृत्वमा सरकार बनेपछि ६ महिनामा सरकारले गरेका कामको बारेमा धारणा सार्बजनिक गर्ने बताईएको छ ।

ओली प्रधानमन्त्री बनेको चैत २५ गते ६ महिना पूरा भएको छ । संविधान जारी भएलगत्तै आन्दोलित मधेसी मोर्चा र भारतीय नाकाबन्दीबीच प्रधानमन्त्री भएका ओलीले यो बीचमा दुई छिमेकी भारत र चीनको भ्रमण गरिसकेका छन् ।