यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
राष्ट्रिय सभा उपाध्यक्षसहित सांसद टाेली चिन प्रस्थान, के छ कार्यक्रम ? राष्ट्रिय सभा उपाध्यक्षसहित सांसद टाेली चिन प्रस्थान, के छ कार्यक्रम? छिमेकी मित्रराष्ट्र चिनकाे सान्सी प्रान्तमा आयाेजना भएको गरिबी नियन्त्रण र दिगाे विकास विषयक कार्यक्रममा सहभागिता जनाउन नेपालका सांसदहरूकाे एक प्रतिनिधिमण्डल चिन प्रस्थान गरेको छ ।. राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेको नेतृत्वमा राष्ट्रिय सभाका दुई र प्रतिनिधि सभाका दुईसमेत गरी ५ जना सांसदसहितकाे ८ सदस्यीय प्रतिनिधिमण्डल साेमबार त्रिभुवन विमानस्थलबाट साताव्यापी चिन भ्रमणका लागि प्रस्थान गरेकाे हाे ।. चिनकाे सरकारद्वारा आयोजना गरिएको गरिबी निवारण तथा दिगाे विकास र नवाैं सिल्क राेड इन्टरनेशनल एक्स्पाेजिसन कार्यक्रममा सहभागी हुन घिमिरेको नेतृत्वमा प्रतिनिधि सभाका सदस्य उर्मिला माझी र दिनेश कुमार यादव तथा राष्ट्रिय सभा सदस्य बेदुराम भुषाल र सुमित्रा विसी त्यसतर्फ प्रस्थान गर्नुभएको हाे । उहाँहरूलाई त्रिभुवन विमानस्थलकाे अति विशिष्ट कक्षमा संसद सचिवालयबाट विदाई गरिएको थियाे । भ्रमण दलमा संसद सचिवालयका उपसचिव पुष्प प्रकाश खनाल, शाखा अधिकृत नविन भट्टराई र उपाध्यक्षका निजि सचिव प्रेम बहादुर सिंह रहेका छन् ।. साे प्रतिनिधिमण्डलले दुइ वटा कार्यक्रममा सहभागिता जनाउनुका साथै चिनिया उच्च अधिकारीसँग भेटघाट त्यस क्षेत्रका ऐतिहासिक र पर्यटकीय स्थलहरू तथा प्राविधिक कलेज र केही उद्योग तथा सिल्क राेड र हाईलस्पिड रेलवे स्टेसनकाे अवलाेकन भ्रमण गर्ने कार्यक्रम रहेकाे छ ।. प्रतिनिधिमण्डल जेठ ११ गते स्वदेश फर्कने कार्यक्रम रहेकाे संसद सचिवालयले जानकारी दिएकाे छ ।.
राष्ट्रिय सभा उपाध्यक्षसहित सांसद टाेली चिन प्रस्थान, के छ कार्यक्रम ?
मूलखबर संवाददाता
काठमाडौं, ५ जेठ
छिमेकी मित्रराष्ट्र चिनकाे सान्सी प्रान्तमा आयाेजना भएको गरिबी नियन्त्रण र दिगाे विकास विषयक कार्यक्रममा सहभागिता जनाउन नेपालका सांसदहरूकाे एक प्रतिनिधिमण्डल चिन प्रस्थान गरेको छ ।
राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेको नेतृत्वमा राष्ट्रिय सभाका दुई र प्रतिनिधि सभाका दुईसमेत गरी ५ जना सांसदसहितकाे ८ सदस्यीय प्रतिनिधिमण्डल साेमबार त्रिभुवन विमानस्थलबाट साताव्यापी चिन भ्रमणका लागि प्रस्थान गरेकाे हाे । 
चिनकाे सरकारद्वारा आयोजना गरिएको गरिबी निवारण तथा दिगाे विकास र नवाैं सिल्क राेड इन्टरनेशनल एक्स्पाेजिसन कार्यक्रममा सहभागी हुन घिमिरेको नेतृत्वमा प्रतिनिधि सभाका सदस्य उर्मिला माझी र दिनेश कुमार यादव तथा राष्ट्रिय सभा सदस्य बेदुराम भुषाल र सुमित्रा विसी त्यसतर्फ प्रस्थान गर्नुभएको हाे । उहाँहरूलाई त्रिभुवन विमानस्थलकाे अति विशिष्ट कक्षमा संसद सचिवालयबाट विदाई गरिएको थियाे । भ्रमण दलमा संसद सचिवालयका उपसचिव पुष्प प्रकाश खनाल, शाखा अधिकृत नविन भट्टराई र उपाध्यक्षका निजि सचिव प्रेम बहादुर सिंह रहेका छन् । 
साे प्रतिनिधिमण्डलले दुइ वटा कार्यक्रममा सहभागिता जनाउनुका साथै चिनिया उच्च अधिकारीसँग भेटघाट त्यस क्षेत्रका ऐतिहासिक र पर्यटकीय स्थलहरू तथा प्राविधिक कलेज र केही उद्योग तथा सिल्क राेड र हाईलस्पिड रेलवे स्टेसनकाे अवलाेकन भ्रमण गर्ने कार्यक्रम रहेकाे छ ।
प्रतिनिधिमण्डल जेठ ११ गते स्वदेश फर्कने कार्यक्रम रहेकाे संसद सचिवालयले जानकारी दिएकाे छ । 