भाइबरले नयाँ वर्षको अवसरमा आफ्ना प्रयोगकर्ताहरुलाई निःशुल्क स्टिकर दिने

काठमाडौं ,२९ चैत ।

viber

विश्वकै अग्रणी मेसेजिङ्ग एप भाइबरले नेपाली नयाँ वर्ष २०७३ को अवसरमा आफ्ना प्रयोगकर्ताहरुलाई निःशुल्क स्टिकर दिने भएको छ । भाइबरको विश्वभर ७११ मिलियनभन्दा बढी प्रयोगकर्ताहरु छन् ।

यो उत्सवमय अवसरमा भाइबरले ७ अप्रिलदेखि लागू हुने गरी आफ्नो ग्राहकहरुका लागि रु. १०,००० बराबरको आफ्ना ५० वटा भन्दा बढी स्टिकर प्याकहरु १० दिनको लागि निःशुल्क उपलब्ध गराएको छ । भाइबरको अभिन्न अंग यी स्टिकरहरुले गर्दा आज प्रयोगकर्ताहरुले आफूलाई राम्रोसँग व्यक्त गर्न पाइरहेको छ ।

आफूलाई वा आफ्नो कुरालाई व्यक्त गर्न स्टिकर सबैभन्दा रमाइलो माध्यम हो । यसले कुराकानीलाई रोचक मात्र बनाउने नभई आफ्ना आकर्षक डिजाइनहरुका साथ प्रयोगकर्तालाई विभिन्न भावहरु व्यक्त गर्न पनि  सहज बनाएको छ । नेपाली बजारमा द्रुत गतीमा बढीहरुको भाइबरको बजारलाई अझ विस्तार गर्न भाइबरले गत महिनाबाट पब्लिक च्याट पनि सुरु गरेको छ । भाइबर स्थानीय बजारसँग सहकार्य गर्दैै र स्थानीय भाषाका सेवाहरु ल्याएर आफ्नो उपस्थितीलाई मजबुत बनाउन कार्यरत छ ।

“हाम्रो सम्पूर्ण भाइबर टिम सारा नेपालीलाई नयाँ वर्ष २०७३ को हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छ । यस अवसलाई अझै उत्सवमय बनाउन हामीले प्रयोगकर्ताहरुका लागि स्टिकरहरु फ्रिमा उपलब्ध गराउँदै छौ । साथै, हामीले गएको वर्षदेखि नेपालमा भाइबर प्रयोगकर्ताहरुको बृद्धि पनि लगातार भइरहेको पाएका छौं, ” भाइबर दक्षिण एसियका क्षेत्रिय प्रमुख अनुभव नाय्यरले भने ।

विश्वव्यापी रुपमा गत वर्ष मात्रै २२ बिलियन भन्दा बढी स्टिकर भाइबरबाट पठाइनुले पनि हाम्रो दैनिक कुराकानी गर्ने तरिकामा स्टिकरले ल्याएको आमूल परिवर्तनलाई प्रष्टसँग झल्काउँदछ । स्टिकरले च्याट एप प्रयोगकर्ताहरुलाई आफ्ना प्रियजन, प्रेमी/प्रेमीका, साथीभाइ र परिवारसँग नवीन तरिकाबाट कनेक्ट गर्न सहज बनाएको छ । साथै, लभ यु, मिस यु जस्ता भाव साधारण मेसेज भन्दा स्टिकरबाट १००० शब्द भन्दा राम्रोसँग व्यक्त गर्न सकिन्छ ।

भाइबरको बारेमा

भाइबर हरेक दिन संसारभरका प्रयोगकर्ताहरुलाई निःशुल्क कनेक्ट गर्दै एक–अर्कासँग भावना साटासाट गर्ने उत्कृष्ट माध्यम बन्दै आएको छ । ७११ मिलयनभन्दा बढी युनिक प्रयोगकर्ता भएको भाइबरले प्रयोगकर्ताहरुलाई उनिहरु कै स्टाइलमा कनेक्ट गर्दै आइरहेको छ – व्यक्तिगत मेसेज, भिडियो कल, ब्राण्ड वा सेलिब्रिटी फलो गर्न पब्लिक च्याट वा ग्रुप च्याट मार्फत । भाइबर आइफोन, आइप्याड, एड्रोइड र ट्याबलेटहरु, विण्डोज फोन, विण्डोज, विण्डोज ८, म्याक, लिनक्स र सिम्बाएन डिभाइसहरुमा थ्रीजी, फोरजी वा वाइफाइबाट कनेक्ट गरी प्रयोग गर्न सकिन्छ । भाइबर राकुटेन ग्रुप कम्पनीको मेसेजिङ्ग एप हो ।