
आइएसद्धारा इसाई धर्म मान्ने २१ जनाको हत्या
विद्रोही संगठन इस्लामिक स्टेट (आइएस)ले सिरियामा इसाई धर्म मान्ने २१ जनाको हत्या गरेको छ ।
सिरियाको अल कार्याटन बजारमा आइएसका लडाकुले २१ जनाको हत्या गरेको र ती सबै इसाई धर्मावलम्बी भएको सरकारी अधिकारीहरुले बताएका छन् ।
यो हप्ताको शुरुमा रुसी सैनिकको सहयोगमा सिरियाली सैनिकले त्यहाँबाट आइएसका लडाकुलाई हटाएको थियो ।
गएको वर्षको अगष्टमा आइएसले सिरियामा परम्परागत मुख्य चर्च रहेको अल कार्याटन आफ्नो नियन्त्रणमा लिएको थियो । अहिले त्यहाँ तीन सय जना इसाई धर्मावलम्बी रहेको र आइएसले यो अवधिमा २१ जनाको हत्या गरेको उल्लेख छ । मारिनेमा तीनजना महिला छन् ।
पाँच जना अझै बेपत्ता रहेको र उनीहरुको पनि हत्या भएको हुनसक्ने आशंका गरिएको छ । (एजेन्सी)
