राजनीतिक समस्या राजनीतिक ढङ्गले समाधान गर्नुपर्नेमा गृहमन्त्रीको जोड
काठमाडौं, २९ चैत ।
गृहमन्त्री शक्तिबहादुर बस्नेतले राजनीतिक समस्या राजनीतिक ढङ्गले समाधान गर्नुपर्नेमा जोड दिएका छन् । ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई भएको तर आन्दोलनका नाममा अराजक गतिविधि गर्ने छुट कसैलाई नभएको स्पष्ट पारे । लोकतान्त्रिक विधि र प्रक्रिया बाहिर गएर कसैले आन्दोलन गर्न खोजे सरकार चुप लागेर नबस्ने दृढता उनले प्रकट गरे ।
उनले संविधान संशोधनसँगै मधेसी मोर्चाका माग सम्बोधन भइसकेकाले अब आन्दोलनको औचित्य नरहेको पनि स्पष्ट पारे ।
‘राजनीतिक दलबीच एकता आवश्यक’सरकारका प्रवक्ता शेरधन राईले संविधानको कार्यान्वयन र भूकम्पपछि पुनःनिर्माणका लागि राजनीतिक दलबीच एकता आवश्यक रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै सूचना तथा सञ्चारमन्त्री राईले उच्चस्तरीय राजनीति समितिलाई केही दिनभित्रै पूर्णता दिएर सीमाङ्कनको विषय टुङ्गोमा पु¥याइने जानकारी गराए ।
सो समितिको प्रतिवेदनका आधारमा सीमाङ्कनको टुङ्गो लाग्ने भएकाले बन्द हडताल नगर्न मधेसी मोर्चालाई उनले आग्रह गर्दै मधेसको समस्या वार्ता र छलफलबाटै समाधान खोज्न सरकार गम्भीर भएर लागेकाले सहमतिका लागि मोर्चालाई लचिलो हुन सुझाव दिए । रासस