परराष्ट्रमन्त्री कमल थापा न्युयोर्क जाने

काठमाडौं ,२९ चैत ।

Kamal-Thapa-Potrait-Sitting--300x160

वैशाख ७ मा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा सहभागी हुन न्युयोर्क जाँदैछन्।

उनले त्यहाँ जलवायु परिवर्तनका असर र त्यसका लागि भएका प्रयासबारे पेरिस सम्मेलनको सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रम छ।

स्रोतका मन्त्री थापा जलवायु कार्यक्रममा सहभागी भएपछि अमेरिकास्थित राप्रपा नेपालको भ्रातृ संगठनको कार्यक्रममा सहभागी हुने र विभिन्न राज्यमा पनि जाने कार्यक्रम छ।

उनी न्युयोर्कबाट बासिङटन डीसी आउने र उच्चस्तरको राजनीतिक भेटघाटसमेत गर्ने कार्यक्रम बन्दैछ। सम्भव भए समकक्षी र त्यो नभए दक्षिण एसिया हेर्ने सहायक विदेशमन्त्री भेट्ने तयारी रहेको अधिकारीले बताए। अमेरिका जानुपूर्व नै राजदूत नियुक्ति टुंग्याउन उनलाई परराष्ट्र अधिकारीहरूले दबाब दिइरहेका छन्।