यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
इन्धनमा स्वचालित मूल्य प्रणाली लागू गर्न निगमको आनाकानी. काठमाडौं, २९ चैत ।. इन्धनमा स्वचालित मूल्य प्रणाली लागू गर्ने घोषणा गरेको नेपाल आयल निगम पछिल्लो समय त्यसलाई कार्यान्व्यनमा ल्याउन आनाकानी गरिरहेको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले हरेक १५ दिनमा पठाउने मूल्यका आनधारमा भाउ तोक्न थाले पनि अहिले आएर त्यसअनुसार समायोजन नगरेको हो ।. आज प्रकाशीत नागरिक दैनिकका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संसद्को वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले मूल्य घटाउन दिएको निर्देशनसमेत निगमले अटेरी गर्दै आएको छ ।. नेपालभन्दा भारतमा डिजेल र पेट्रोलको भाउ महँगो भएकाले यताबाट चोरीनिकासी भई फेरि उतै जान सक्ने जोखिम रहेकाले मूलय समायोजन नगरिएको निगमको तर्क छ । भातरीय सीमाक्षेत्र रक्सोलमा भन्दा नेपालमा डिजेल लिटर १० र पेट्रोल साढे ६ रुपैयाँ सस्तो रहेको निगम प्रवक्ता मुकुन्द घिमिरेले बताए ।.
इन्धनमा स्वचालित मूल्य प्रणाली लागू गर्न निगमको आनाकानी
काठमाडौं, २९ चैत ।
इन्धनमा स्वचालित मूल्य प्रणाली लागू गर्ने घोषणा गरेको नेपाल आयल निगम पछिल्लो समय त्यसलाई कार्यान्व्यनमा ल्याउन आनाकानी गरिरहेको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले हरेक १५ दिनमा पठाउने मूल्यका आनधारमा भाउ तोक्न थाले पनि अहिले आएर त्यसअनुसार समायोजन नगरेको हो ।
आज प्रकाशीत नागरिक दैनिकका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संसद्को वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले मूल्य घटाउन दिएको निर्देशनसमेत निगमले अटेरी गर्दै आएको छ ।
नेपालभन्दा भारतमा डिजेल र पेट्रोलको भाउ महँगो भएकाले यताबाट चोरीनिकासी भई फेरि उतै जान सक्ने जोखिम रहेकाले मूलय समायोजन नगरिएको निगमको तर्क छ । भातरीय सीमाक्षेत्र रक्सोलमा भन्दा नेपालमा डिजेल लिटर १० र पेट्रोल साढे ६ रुपैयाँ सस्तो रहेको निगम प्रवक्ता मुकुन्द घिमिरेले बताए ।