यस वर्ष पनि ईपीएस अनलाइन प्रणालीबाट गर्न नसक्ने

काठमाडौं, २९ चैत ।

eps koreaसरकारले यस वर्ष पनि ईपीएस भाषा परीक्षा अनलाइन प्रणालीबाट गर्न नसक्ने भएको छ ।
गत वर्षदेखि नै अनलाइबाट परीक्षा गराउने तयारी गरिएपनि यो काम अहिलेसम्म पूरा हुन नसकेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशीत गरिएको ।
यो वर्ष जसरी पनि अनलाइबाटै परीक्षा दिने योजना बनाए पनि एक्कासी परीक्षा तालिका अगाडि ल्याउँदा कार्यान्वयन गर्न नसकिने अवस्था आएको ईपीएस कोरिया शाखाले जानकारी दिएको छ ।
विगत वर्षमा जस्तै यसपटक पनि भदौ असोजमा परीक्षा सञ्चालन गर्ने योजना अनुसार अनलाइनको तयारी प्रक्रिया अघि बढाइएकोमा रोजगारदाता मुलुक दक्षिण कोरियाले परीक्षा असामै गर्नुपर्ने अडान लिएकाले यसपटक परम्परागथत तरिकाबाट परीक्षा लिइनुपर्ने अवस्था आएको ईपीएस कोरिया शाखाले जानकारी दिएको छ ।