
बिद्रोही आक्रमणमा फिलिपिन्समा १८ सैनिककोे मृत्यु
फिलिपिन्समा इस्लामिक विद्रोही संगठन अबु सैयफको आक्रमणमा परी सरकारी सेना मारिएका छन् । लडाकूको आक्रमणमा परी देशको दक्षिण भागको बासिलान टापुमा १८ जना सैनिक मारिएका हुन्
भिडन्तमा अरु ५० जना सैनिक घाइते भएका छन् । पाँचजना लडाकू पनि मारिएको सेनाले जनाएको छ । सेनाले आईएससँग समेत जोडिएको भन्दै अबु सैयफकाकमाण्डरको लगातार पिछा गरिरहेको छ । अमेरिकी सरकारले त सैयफका कमाण्डर इस्निलोन ह्याप्पिलोनलाई पक्राउ गर्न ५० लाख डलरको पुरस्कार नै घोषणा गरेको छ ।
विद्रोही रहेको स्थान पत्ता लागेपछि आक्रमणमा जाँदै गर्दा विद्रोहीले बिछ्याएको धरापमा परी आफ्ना सैनिकले ज्यान गुमाएको सेनाले जनाएको छ ।
