कुनै पनि पाठ चयन गर्नुहोस् र सुन्न आइकनमा क्लिक गर्नुहोस्!

युद्धको तीनवर्षपछि रुस र युक्रेनबीच शान्ति वार्ता, राष्ट्रपति सहभागि भएनन्

मूलखबर संवाददाता
काठमाडौं, ३ जेठ ।

घमासान युद्धको तीन वर्षपछि दुई छिमेकी देश रुस र युक्रेनबीच शान्ति वार्ता भएको छ। टर्कीमा भएको वार्तामा दुवै देशका प्रतिनिधि सहभागी थिए। तर, रुसी राष्ट्रपति भ्लादमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भने सहभागी भएनन्।

दुई घण्टा चलेको छलफलमा युद्धविरामबारे ठोस निर्णय नआए पनि सकारात्मक रहेको बताइएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुवै देश एक(एक हजार कैदी आदानप्रदान गर्न सहमत भएका छन् । यसले सम्भावित युद्धविरामको सम्भावना बलियो बनाएको छ।

वार्तापछि युक्रेनी रक्षामन्त्री रुस्तेम उमरोभका अनुसार पुटिन र जेलेन्सकीबीच सम्भावित बैठकबारे छलफलसमेत भएको थियो। रुसी राष्ट्रपति पुटिनसँग प्रत्यक्ष वार्ता गर्न चाहेको बताएका युक्रेनी राष्ट्रपति जेलेन्स्की पुटिन नआउने भएपछि टर्की पुगेर पनि वार्तमा सहभागि भएनन् ।

छान्नुहोस् र सुन्नुहोस्