
युरोपा लिग-भिल्लारियाल र सेभिल्ला विजयी
एजेन्सी ,२६ चैत्र ।
युरोपा लिग फुटबलको क्वाटरफाईनल अन्तर्गत पहिलो लेगमा भिल्लारियाल र सेभिल्ला विजयी भएका छन् ।
भिल्लाारियलले स्पार्टा प्रागलाई २–१ ले पराजित गर्यो । त्यस्तै, सेभिल्लाले एट्लेटिको बिल्वाओलाई २–१ ले नै हराएको छ । लिभरपुल र बोरुसिया डर्टमण्डले भने एक एक गोलको बराबरी खेलेका छन् ।
लिभरपुल सुरुवाती अग्रता जोगाउन नसक्दा अंक बाँढ्न बाध्य भयो । ३६ औ मिनेटमा डिभोक ओजिरीले गोल गर्दै टिमलाई अग्रता दिलाएपनि दोश्रो हाफको तेश्रो मिनेटमै माटस् हुमेल्सले गोल गर्दै खेल बराबरीमा ल्याए ।
