बैद्यलाई छाड्दै बादलको नेतृत्वमा पार्टी एकता हुने

काठमाडौंं, २५ चैैत ।

download

मोहन वैद्य नेतृत्वको  नेकपा क्रान्तिकारी माओवादीभित्रको विवाद नयाँ मोडमा पुगेको छ  ।

१२ गतेदेखी जारी केन्द्रीय समितिको बैठकमा एकिकृत माओवादीसंग एकता अनिवार्य रहेको बहुमत केन्द्रीय सदस्यहरुले धारणा राखेपनि पार्टी अध्यक्ष मोहन वैद्यले नमानेपछि पार्टीमा विवाद देखिएको हो ।

बैद्यले शुरुदेखि नै विचारको प्रश्न अघि तेस्र्याउँदै एमाओवादीले आफूले भनेका कुराहरु नमानेमा एकता हुन नसक्ने बताउँदै आएका छन् ।उनी जडसुत्रिय विचारबाट माथि उठ्न नसकेकोेले उनी एकताको बिपक्षमा रहेको अधिकांश केन्द्रिय सदस्यको बुझाई छ  । नयाँ जनवादी क्रान्तिको कार्यभार पुरा नभएको उनको तर्क छ ।

तर एकताको पक्षमा रहेका राम बहादुर थापा बादल  लगायतले एमाओवादी अध्यक्ष प्रचण्डसँग निरन्तर एकताका बारेमा छलफल गर्न शुरु गरेपछि वैद्यमा एकताविरोधी मानसिकताको विकास भएको एक केन्द्रिय सदस्यले बताए  ।

बहुमतीय प्रक्रिया अनुसार पार्टीले निर्णय गर्ने स्थितिमा रामबहादुर थापा बादलको नेतृत्वमा एकताको प्रस्ताव पार्टी अध्यक्षलाई बुझाइने एक केन्द्रीय नेताले बताए  ।

क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठकमा ६५ प्रतिशत भन्दा बढी सदस्य एकताको पक्षमा रहेका छन् ।

हालैमात्र वैद्य माओवादीसँग एकता गरेर आएका परिथापा समूहका ३० जना , वैद्य, सीपी गजुरेल र हरिभक्त कँडेललगायतलाई समर्थन गर्ने  २५ जना  केन्द्रीय सदस्यबाहेक अरु सबै एकताको पक्षमा रहेका छन् ।बैद्य माओवादीमा १ सय ९९ सदस्यीय  केन्द्रिय समिति छ । जसमा बैद्य पक्षमा बढीमा ६० जना केन्द्रिय सदस्यमात्र छन् ।

बहुमतको प्रस्ताव स्वीकार नगर्ने अवस्थामा वैद्यलगायतको समूह अलग हुने निश्चित प्राय देखिएको छ ।  यसो भएमा बैद्य नेतृत्वको माओवादीमा फेरी पहिरो जाने देखीएको बिश्लेषण गरिन्छ । यसअघि बैद्य नेतृत्वको माओवादीबाट बिप्लव समूह अलग्गीएको थियो ।