५७ औं श्रीमती भित्र्याए सिमोनले

नाइजेरिया, २४ चैत।
५६ वटी स्वास्नीका लोग्ने र दुई सयभन्दा बढी केटाकेटीका बाबुले गत हप्ता फेरि नयाँ पत्नी भियाएका छन् । ६९ वर्षीय सिमोन ओडो नाइजेरियाका हुन्, जडीबुटीबाट औषधी बनाउँछन् । त्यसो त सिमोनले कुल ६८ वटी श्रीमती भियाइसकेका छन् तर ११ वटीको निधन भइसकेको छ । कान्छी पत्नी १८ वर्षीया चिडिन्मा हुन्, जसले घरको कामकाज केही जानेकी छैनन् ।

आफ्नो इलाकामा ‘अफ्रिकी राजा सोलोमन’ को नाउँले चर्चित उनलाई सबै पत्नीको नाउँ पनि कण्ठस्थ छैन । एउटा नोटबुक राख्ने गरेका छन्, जसमा सबैको नाउँ अक्षरानुसार टिप्ने गरेका छन् । सिमोनले १५ वर्षको उमेरमा पहिलो बिहे गरेका थिए ।