
गुण्डागर्दीमा संलग्नको आरोपमा विश्व क्रान्ति पक्राउ
काठमाडौं, २४ चैत।
ललितपुरलाई आधार इलाका बनाएर गुण्डागर्दीमा संलग्न रहेको आरोपमा ललितपुर प्रहरीले विश्व क्रान्तिलाई पक्राउ गरेको छ ।हेटौंडाका विश्वले ठेक्कापट्टादेखि कमिसनको नाममा पैसा असुल गर्ने गरेको प्रहरीको आरोप छ ।
उनीविरुद्ध धम्की दिएर पैसा असुल गर्ने गरेको उजुरी परेपछि पक्राउ गरिएको ललितपुर प्रहरी परिसरले बताएको छ । घुससहित रंगेहात पक्राउ परेका ललितपुर परिसरका मुद्दा शाखाका डिएसपी दयानिधि ज्ञवालीसँग पनि विश्वको सम्बन्ध रहेको प्रहरी स्रोतले बताएको छ । यसबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
