गुगलद्धारा तालेवान विद्रोहिको एप बन्द

काठमाडौं , २३ चैत ।

resize_image

सर्च ईन्जिन गुगलले तालेवान विद्रोहिको आलमराह नामक एप बन्द गरेको छ । सो एप गुगल प्ले स्टोरमा अरबि सहित अग्रेजी भाषामा समेत राखिएको थियो । तालेवान विद्रोहीले सो एप मार्फत अफगानिस्तान तथा अन्य मुलुकमा आफ्नो संगठनका गतिबिधि तथा भिडियोहरु सार्बजनिक गर्दै आएको थियो । पाँच दिन अघिबाट सुरु गरिएको सो ऐपले गुगलको नीति अस्विकार गरेका कारण बन्द गरिएको बताईएको छ । सो ऐप सुरु भएपछि पश्चिमा राष्ट्रहरुले तालेवान बिद्रोहिको प्रभाब थप बढ्न सक्ने भन्दै चिन्ता जनाएका थिए । यसअघि पनि तालेवान बिद्रोहिले केहि ऐप सार्बजनिक गरेको थियो तर गुगलले त्यस्ता साईड र ऐप बन्द गर्दै आएको छ ।