
बलीउड अभिनेत्री प्रियंकालाई अमेरिकी राष्ट्रपतिको डिनर निम्तो
मुम्बई ,२२ चैत।
बलिउड अभिनेत्री प्रियंका चोपडालाई अमेरिकी राष्ट्रपति बराक ओबामाले डिनरमा आमन्त्रण गरेका छन् ।
हाल हलिउड भासिएकी प्रियंका अमेरिकामै क्वान्टिको नामको टेलिश्रृखलामा व्यस्त छिन् । उनलाई सोमबार ह्वाईट हाउसबाट डिनरका लागि आमन्त्रण गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रियंकाका साथै ब्रेडली कपूर, लूसी ल्यू, जैन फोण्डा र ग्लैडीज नाइटलाई पनि ओबामाले डिनरका लागि निम्तो दिएका छन् ।डिनरमा राष्ट्रपति ओबामा र फस्र्ट लेडी मिशेल ओबामाले अतिथिलाई स्वागत गर्नेछन् ।
